काठमाडौं - एक दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी बेबो आचार्यको नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ ।
‘म गीतहरुमा डुबेर...’ बोलको गीतको भिडियोमा बेबोले मोडलिङ गरेकी हुन् । गीतको भिडियोमा बेबोसंगै जय देवकोटाले मोडलिङ गरेका छन् ।
सविन प्रियासनको शब्द, पुरुषोत्तम न्यौपानेको संगीतमा रहेको गीतलाई कृष्ण काफ्लेले गाएका हुन् ।
भिडियोलाई रोजेल थापाले निर्देशन गरेका हुन् । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् भिडियो :