०१ असार २०८३, सोमबार

भारतमा लोकसभा चुनाव : भाजपा उम्मेदवार बाबुल सुप्रियोको गाडीमा तोडफोड

बैशाख १६, २०७६
भारतमा लोकसभा चुनाव : भाजपा उम्मेदवार बाबुल सुप्रियोको गाडीमा तोडफोड

काठमाडौं – भारतमा लोकसभा निर्वाचनको चौथो चरणको मतदान सोमवार भइरहँदा पश्चिम बंगालको आसनसोलमा भाजपाका उम्मेदवार बाबुल सुप्रियोको कारमा तोडफोड गरिएको छ । 

तृणमूल कांग्रेसका कार्यकर्ता र सुरक्षाकर्मीबीच आसनसालको एक मतदान केन्द्रमा झडप भएको खबर पनि छ । 

सुप्रियोको गाडी बिहान ९ बजे तोडफोड गरिएको थियो । उनले पश्चिम बंगालको तृणमूल कांग्रेस सरकारले फोहरी खेल खेलिरहेको आरोप लगाए । ‘उनीहरू मलाई एउटा ठाउँमा ठिंगु–याउन चाहन्छन् । म अरू ठाउँमा पनि जान पाउनुपर्छ । मतदान केन्द्रअगाडि घर भएका मानिसले समेत भोट हाल्न जान पाएका छैनन्,’ सुप्रियोले बताए । 

यसअघिका तीन चरणमा पनि पश्चिम बंगालका विभिन्न स्थानमा हिंसा भएका थिए । तेस्रो चरणमा भएका राजनीतिक संघर्षका एक व्यक्तिको मृत्यु भएको थियो । भने दोस्रो चरणमा भाकपा(एम) उम्मेदवार मोहम्मद सलीमको कारमा आक्रमण गरिएको थियो । 

पश्चिम बंगालका आठ लोकसभा सीटका लागि चौथो चरणमा चुनाव भइरहेको छ । यस राज्यमा कुल ४२ लोकसभा सीट छन् र १० मा मतदान भइसकेको छ । 

हिन्दुस्तान टाइम्सबाट
 

salt training

कमेन्ट गर्नुहोस्