
एजेन्सी- इन्टरनेटको युगमा सामाजिक सञ्जालमा हरेक केही न केही त भाइरल भइहरेको हुन्छ । अझ सेलेब्रिटीका सानासाना कुराले पनि सामाजिक सञ्जालमा निकै चर्चा पाउँछ । त्यस्तै जापानमा अहिले शौचालय 'ट्वाइलेट'को तस्वीर भाइरल भइरहेको छ । शौचालयको तस्वीर भाइरल हुनुको कारण यसको स्थान हो । उक्त शौचालय माछा सजाउने ठाउँ अर्थात् 'एक्वेरियम'को बीचमा राखिएको छ ।
जापानको आकाशीमा रहेको हिपोपो पापा क्याफेमा बनाइएको शौचालय मानिसहरूको आकर्षणको केन्द्र बनेको छ । विशाल एक्वेरियमको बीचमा बनाइएकाले पनि यसले चर्चा पाएको हो । यद्यपि यस शौचालयलाई हालसम्म महिलाले मात्रै प्रयोग गर्न पाएका छन् ।
पुरुषका लागि पनि अब शौचालय खुला हुन सक्ने बताइएको छ । क्याफे सञ्चालकले यस शौचालय बनाउन मात्रै दुई लाख पाउण्ड खर्च गरेका छन् । यो बनेको १२ वर्ष भएपनि हालै मात्र विशेष चर्चा पाएको हो ।
शौचालय प्रयोग गरिरहँदा मानिसहरूले माछाहरू कुदेको मनमोहक दृश्यावलोकन गर्न सक्नेछन् ।