१७ असार २०८३, बुधबार

जबरर्जस्ती करणीको आरोपमा एक पक्राउ

बैशाख १६, २०७६
जबरर्जस्ती करणीको आरोपमा एक पक्राउ
सांकेतिक तस्वीर

कैलाली- अपहरण जबरर्जस्ती करणी गरेको अभियोगमा अछाममा एक व्यक्ति पक्राउ परेका छन् ।

कैलालीको गोदाबरी नगरपालिका–३ बस्ने २३ वर्षीय अनिल सुनारले बर्दिया बाँसगढी नगरपालिकाबाट गत चैत २१ गते १५ वर्षीया किशोरीलाई अपहरण गरी जबरर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

किशोरीका बाबुको जाहेरीका आधारमा सुनारले बालिकालाई आफूसँगै राखेको अवस्थामा अछाम प्रहरीले फेला पारी पक्राउ गरेको जनाइएको छ । पक्राउपछि जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धानका लागि निज सुनारलाई हिरासतमा राखिएको प्रहरी प्रमुख शाहीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्