१७ असार २०८३, बुधबार

कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवाबाट वञ्चित गरिने मन्त्री शाहको चेतावनी

बैशाख १६, २०७६
कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवाबाट वञ्चित गरिने मन्त्री शाहको चेतावनी

धनगढी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने बताएका छन् ।

धनगढीमा आयोजित ‘प्रदेश नीति र कुरीति’ विषयक पत्रकार महिलालाई अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री शाहले सो कुरा बताएका हुन् । कानून मन्त्री शाहले भने, ‘नेपालको संविधानदेखि धर्म शास्त्रसम्ममा पनि कहिँनेर विभेद छैन । तर हाम्रा व्यवहारले समाजलाई विभेदकारी बनाएकोले कुरीतिजन्य हिंसाको अन्त्य हुन नसकेको हो ।’

मन्त्री शाहले भने, ‘घर समाजमा कोही कसैले छोरी, बुहारी वा आफन्तलाई महिनावारी बार्न बाध्य पार्छ, जातीय छुवाछुत गर्छ, बोक्सी आरोप लगाउँछ भने त्यसलाई सरकारले दिने सामाजिक सेवा सुविधाबाट बञ्चित गरिनेछ ।’

धर्म र संस्कारका रुपमा मान्छेले मान्छेलाई जीवनयापनमा समस्या पारेको खण्डमा नछोडिने पनि उनले प्रतिवद्धता जनाए । नेपालमा छाउपडी विरुद्धको कानून, जातिय भेदभाव विरुद्धको कानून निर्माण भईसक्दा समेत सुदूरपश्चिम छाउपडीको प्रदेश भनेर चिनिन थालेको अवस्थामा प्रदेश सरकारले सामाजिक संस्थाहरुसँग हातेमालो गर्दै कानून पालना गर्न र गराउनतर्फ लाग्नुपर्ने बताए ।

उनले आफूबाटै परिवर्तनको शुरूवात गर्न सकेको खण्डमा मात्रै अरुलाई परिवर्तन गर्न सकिने भन्दै कुरीतिजन्य हिंसालाई शून्यमा झार्न सोचलाई सकारात्मक बनाएर अगाडी बढ्न आग्रह गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव किशोर कुमार चौधरीले आजको एक्काइसौं शताब्दीमा पनि नेपालमा धेरै खालका कूसंस्कारहरु विद्यमान रहेको भन्दै त्यसका विरुद्ध पत्रकारहरुले सशक्त रुपमा कलम चलाउनु पर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्