११ असार २०८३, बिहीबार

१२ वर्षअघि मान्छे मारेर भाग्ने ३ जना समातिए

बैशाख १७, २०७६
१२ वर्षअघि मान्छे मारेर भाग्ने ३ जना समातिए

धादिङ–कर्तव्य ज्यान मुद्दामा फरार रहेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरी अदालतमा बुझाएको छ । 

उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–२ कामीगाउँका २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न जान नमानेको आरोपमा कुटपिट गरी विसं २०६३ कात्तिक ७ गते सोही ठाउँका आठ जनाले हत्या गरेका थिए । हत्यापछि शवसमेत गुपचुप  जलाइएको थियो ।
 
घटनापछि मृतकका भाइ गमबहादुर विकले ४० वर्षीय सार्की विक, ५९ वर्षीय बमबहादुर विक, ३४ वर्षीय हेमडल्ला विक, ४५ वर्षीय पूर्णबहादुर विक, ३१ वर्षीय मङ्गले कामी, अमृता विक र पञ्चमाया विकविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीको लामो अनुसन्धानपछि जिल्ला अदालत धादिङले विसं २०७४ मङ्सिर १९ गते अमृता र पञ्चमायालाई सफाइ दिएको र बाँकी सबैलाई कैद गर्ने फैसला गरेको थियो । फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैद्वारले सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी दिए । 
 
    घटनापछि संलग्न आठमध्ये फरार रहेका तीन जनालाई वैशाख ११ र १५ गते प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । वैशाख ११ गते काठमाडौँको गौशालाबाट ४० वर्षीय सार्की विकलाई पक्राउ गरिएको थियो । उनलाई दुई वर्ष कैद तोकिएकाले जिल्ला अदालत पेश गरी कारागार पठाइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्