०७ असार २०८३, आइतबार

प्रेस स्वतन्त्रताका पक्षमा ५ पत्रकार संगठनको गठजोड, दबाबमूलक कार्यक्रम गर्ने तयारी

बैशाख १७, २०७६
प्रेस स्वतन्त्रताका पक्षमा ५ पत्रकार संगठनको गठजोड, दबाबमूलक कार्यक्रम गर्ने तयारी

 काठमाडौँ - पछिल्लो समयमा सरकार पक्षबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुण्ठित गराउने खेल चलिरहेको आरोप लगाउँदै ५ पत्रकार संघ संगठनले एकमुष्ट रूपमा दबाबमूलक आन्दोलन गर्ने भएका छन् ।

राजधानीमा मंगलवार बसेको पत्रकार सम्बद्ध ५ संघसंगठनको महत्त्वपूर्ण बैठकले पछिल्लो समय सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार हुँदै गएको र दबाबमूलक कार्यक्रम गर्नुपर्ने निष्कर्ष निकालेको  जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले बताएका छन् ।

जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, प्रेस सोसाइटी नेपाल र मधेसी पत्रकार समाजको संयुक्त बैठक बसी सरकारले चालेको पछिल्लो कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

साथै उक्त बैठकले पत्रकार महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै महासंघको भुमिका बढाउन अनुरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताए । बैठकमा देशभर सरकारले गरेको पत्रकार धरपकड र गिरफ्तारी तत्काल रोक्न माग गर्दै हिरासतमा राखिएका पत्रकारलाइ अविलम्ब रिहाइको माग गर्ने निर्णय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्