१५ असार २०८३, सोमबार

चप्पल हिर्काएको आरोप लागेपछि कंगना रनावतलाई महेश भट्टले भने ‘बच्ची’

बैशाख १८, २०७६
चप्पल हिर्काएको आरोप लागेपछि कंगना रनावतलाई महेश भट्टले भने ‘बच्ची’

काठमाडौं – बलिउड अभिनेत्री कंगना रनावतकी बहिनी रंगोलीले निर्माता निर्देशक महेश भट्टमाथि शाब्दिक आक्रमण गरेकी छन् । 

महेश भट्टले कंगनालाई चप्पलले हिर्काएको दाबी रंगोलीले गरेकी छन् । यस आरोपमा जवाफ फर्काउँदै उनले कंगना ‘बच्ची’ भएको बताउँदै केही पनि भन्न अस्वीकार गरेका छन् ।

महेशले भने, ‘कंगनाले अभिनेत्रीका रूपमा बलिउडमा आरम्भ मेरै प्रोडक्सन हाउसबाट गरेकी हुन् । त्यसैले म उनका विरुद्ध कुनै टिप्पणी गर्दिनँ । ऊ बच्ची हो र उसले पाइला चाल्न हामीसँगै सिकेकी हो । उसकी बहिनीले मेरोविरुद्ध टिप्पणी गरी भन्दैमा म कंगनामाथि टिप्पणी गर्दिनँ ।’

उनले थपे, ‘हाम्रो संस्कारले हामीलाई कनिष्ठमाथि हात उठाउने अनुमति दिँदैन । त्यसैले बच्चाहरूका विरुद्ध केही पनि बोल्न सम्भव छैन ।’

कंगना विवादमा भट्ट परिवारले नरम दृष्टिकोण अपनाएको छ । कंगनाले पनि आलियाविरुद्ध खासै केही बोलेकी छैनन् । 

रंगोलीले चाहिँ ट्वीट गरेर फिल्म वो लम्हेपछि कंगनाले महेश भट्टसँग फिल्म धोखामा काम गर्न नमानेको किनकि उनलाई आत्मघाती आक्रमणकारीको भूमिका दिइएको लेखिन् । कंगनालाई अफिसमा बोलाएर महेशले खुबै गाली गरेको र मन दुखाएको रंगोलीले लेखिन् । 

पछि कंगना वो लम्हेको प्रिभ्युमा जाँदा महेशले चप्पलले कंगनालाई हिर्काएको अनि उनलाई आफ्नै फिल्मको प्रिभ्यु हेर्न नदिइएको रंगोलीको आरोप छ । कंगना रातभरि रोएको र उनको उमेर त्यतिखेर जम्मा १९ वर्ष रहेको रंगोलीले लेखिन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्