१० असार २०८३, बुधबार

‘बाबा, मलाई छोडेर अफिस नजानुस् न’ – भावुक बनाउने छोराको पुकार (भिडियो)

बैशाख १८, २०७६
‘बाबा, मलाई छोडेर अफिस नजानुस् न’ – भावुक बनाउने छोराको पुकार (भिडियो)

काठमाडौं – भारतमा एक आईपीएस अफिसर अरुण बोत्राले आफ्नो छोराको भावुक भिडियो ट्विटरमा शेयर गरेका छन् । 

उनी अफिस जान लाग्दा उनको छोराले गोडामा समातेर उनलाई नजान भनेको देखिन्छ । ‘बाबु, म छिट्टै आउँछु, जान देऊ’ भन्दा पनि बच्चा चिच्याई चिच्याई रुन्छ र बुवालाई जान दिँदैन । 

भिडियो शेयर गर्दै प्रहरी अधिकारीले लेखे, ‘प्रहरीको जागिर खाँदाको सबभन्दा भावुक क्षण यही हो । लामो र गाह्रो कार्यतालिका हुँदा अधिकांश प्रहरीले यस्तो स्थिति भोग्नुपर्ने हुन्छ ।’ भिडियोप्रति मानिसले भावुक प्रतिक्रिया दिएका छन् । 

एकजनाले लेखे, ‘आफ्नो पीडा बिर्सेर अर्काको पीडा हटाउने मानिस पनि निकै महान् हुन्छन् ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्