
काठमाडौं- 'हाम्रो विश्वास राइनो डक्टिलिटी' भन्ने नारा सहित जगदम्बा स्टील्स्ले हाल केही समयदेखि विभिन्न स्थानमा निर्माणकर्मीहरू तथा निर्माण व्यवसायीहरू संलग्न वृहत् अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्दै आएको छ ।
यसै अभियानलाई निरन्तरता दिँदै गत आइतवार वैशाख १५ गते पोखरास्थित सिटी स्क्वायर बैंक्वेटमा सो कार्यक्रमको थप एक संस्करण आयोजना गरियो ।
कार्यक्रममाजगदम्बा स्टील्स्को उत्पादन राइनो ५०० डी फलामे छडको प्राविधिक पक्षको विस्तृत जानकारीसहितको प्रस्तुतीकरण कार्यक्रममा पेश गरिएको थियो । उक्त उत्पादनको बारेमा बोल्ने क्रममा जगदम्बास्टील्स्का ब्राण्ड म्यानेजर निरजमान बानियाले फलामे छडको उत्पादन प्रक्रिया, गुणस्तर र भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माण कसरी गर्न सकिन्छ र यसमा फलामे छडको डक्टिलिटी (लचकता) क्षमताको कस्तो भूमिका रहेको हुन्छ भन्ने कुराको जानकारी दिएका थिए ।
उपस्थित व्यक्तिहरूलाई जगदम्बास्टील्स्द्वारा हालै शुरूआत गरेको 'हाम्रो विश्वास राइनो डक्टिलिटी' नामक फलामे छडको डक्टिलिटी (लचकता) सम्बन्धी नयाँ जनचेतना अभियानका बारेमा पनि अद्यावधिक गराइएको थियो ।
हाल यस अभियानदेशभर तीव्र रुपमा सञ्चारका सम्पूर्ण माध्यममार्फत जारी छ ।
डक्टिलिटी (लचकता) र मजबुतीको सन्तुलित संयोजनयुक्त नेपालको एकमात्र ५०० डी ग्रेड फलामे डण्डी राइनोले कसरी निर्माणलाई उच्चतम पकड शक्ति प्रदान गर्ने कम्पनीले जनाएको छ ।