१० असार २०८३, बुधबार

सुडानस्थित मिसनबाट स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई स्वागत

बैशाख १९, २०७६
सुडानस्थित मिसनबाट स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई स्वागत

काठमाडौं-प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित फर्म पुलिस युनिट अनामिड १५औं समूहमा खटिइ आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार स्वागत गर्नुभएको छ ।
स्वागत कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले मिसनमा गरेका कामको अनुभव र दक्षतालाई आगामी दिनमा आफ्नो कार्यक्षेत्रमा एकआपसमा समन्वय गरी लागू गर्न निर्देशन दिनुभयो । मिसनमा रहेको अवस्थामा स्वदेशमा भएका गतिविधि, प्रहरीले गरेका नयाँ तथा भावी कार्ययोजना, समुदाय-प्रहरी साझेदारी कार्यक्रम लगायतलाई मध्नजर राखी आगामी दिनमा खटिने स्थानमा आफ्नो उर्जा र अनुभवलाई समेटदै काम गर्नुपर्ने उहाँले बताउनुभयो । 
सो अवसरमा उक्त टोलीका कन्टिन्जेन्ट कमाण्डर प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मिसनमा गरेका कार्यप्रगतिको विवरण, चुनौती, कामको अनुभव लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
२०७४ फागुन १३ गतेदेखि २०७६ साल वैशाख १९ गतेसम्म मिसनमा रही स्वदेश फिर्ता भएको टोलीमा प्रहरी उपरीक्षक २, प्रहरी नायव उपरीक्षक ७, प्रहरी निरीक्षक ४, प्रहरी नायव निरीक्षक २३, प्रहरी सहायक निरीक्षक ३७, प्रहरी हवल्दार ५४, प्रहरी जवान ६ र प्रहरी कार्यालय सहयोगी ५ जना गरी जम्मा १ सय ३८ जना रहनुभएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्