१० असार २०८३, बुधबार

कलेजमा बुर्का लगाउन ‘प्रतिबन्ध’ लगाइयो

बैशाख १९, २०७६
कलेजमा बुर्का लगाउन ‘प्रतिबन्ध’ लगाइयो

    केरला– भारतको केरला अन्तर्गतको मुस्लीम शिक्षा समाज (एमइएस)ले मातहतका क्याम्पसहरूमा बुर्काको प्रयोगमा प्रतिबन्ध लगाएको छ । 

    समाजको तर्फबाट परिपत्र जारी गर्दै कुनै पनि कलेजमा मुस्लीम महिला तथा छात्राहरूलाई बुर्का लगाउन नदिन आग्रह गरिएको छ ।  

    आफ्नो औपचारिक मुखपत्र ‘सामना’ मार्फत भारतको हिन्दूवादी पार्टी शिव सेनाले बुर्का हटाउन माग गरेको भोलिपल्ट मुस्लीम शिक्षा समाजको यस्तो निर्णय आएको हो ।

    केही दिन अगाडि श्रीलङ्कामा भएको आक्रमणको घटनापछि श्रीलङ्कमा सुरक्षालाई मध्यनजर गर्दैै बुर्का प्रतिबन्ध लगाइएको थियो । त्यसैको आधारमा भारतमा पनि बुर्का प्रतिवन्ध लगाउन उनीहरूले माग गरेका हुन् ।

    ‘सामना’ले रावणको लङ्कामा त्यस्तो घटना भएकाले रामको अयोध्यामा पनि त्यस्तै घटना हुनसक्ने भन्दै सतर्क हुन आग्रह गर्नुपरेको उल्लेख गरेको छ ।

    आउँदो बुधबार प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने कार्यक्रम रहेकाले प्रधानमन्त्री मोदीलाई पनि सो पत्रिकाले बुर्का प्रतिबन्ध लगाउन ध्यानकर्षण गराएको थियो ।

    भारतको गणतन्त्र पार्टीले भने बुर्का देशको सांस्कृतिक पाटो भएकाले त्यसलाई प्रतिवन्ध लगाउन नमिल्ने तर्क गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्