३१ जेठ २०८३, आइतबार

आपतकालीन सूचना केन्द्र अपिल- भोलिसम्म हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउनू !

बैशाख २०, २०७६
आपतकालीन सूचना केन्द्र अपिल- भोलिसम्म हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउनू !
प्रतिकात्मक तस्वीर

काठमाडौंसरकारले भोलिसम्म हिमाली क्षेत्रमा हेलिकप्टरमा उडान नगर्न/नगराउन आग्रह गरेको छ ।

गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले एक सूचना जारी गर्दै विशेष गरी पूर्वी हिमाली क्षेत्रमा अत्यधिक हिमपात हुनसक्ने भएकाले अहिलेदेखि भोलि दिनभर हेलिकप्टरमा उडान नगर्न आग्रह गरेको हो ।

'पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिलेदेखि नै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्नु/नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ,' केन्द्रले ट्वीटरमा राखेको सूचनामा भनिएको छ ।    

केन्द्रले चक्रवात फानी नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएपनि मौसम भने प्रभावित हुने जनाएको छ ।

हेर्नुहोस्, अपडेट :   

salt training

कमेन्ट गर्नुहोस्