
काठमाडौं – सिरहामा कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको मधुवनी जिल्ला बगहा- १ ग्रामपञ्चायतका २८ वर्षीय राजेशकुमार यादवलाई एक थान कटुवा पेस्तोल र एक खाली खोका सहित प्रहरीले पक्राउ गरेको हो ।
दशगजाको मिनी बजारमा गस्ती गरिरहेको प्रहरीले शंकाका आधारमा चेकजाँच गर्दा यादवको साथमा पेस्तोल फेला परेको थियो ।