०१ असार २०८३, सोमबार

बिग्रँदो मौसममा पर्यटकलाई सुरक्षित स्थानमा राख्न पर्यटन विभागको आग्रह

बैशाख २०, २०७६
बिग्रँदो मौसममा पर्यटकलाई सुरक्षित स्थानमा राख्न पर्यटन विभागको आग्रह

काठमाडौँ - पर्यटन विभागले नेपालका विभिन्न क्षेत्रमा भ्रमणमा रहेका पर्यटक तथा पर्वतारोहीको सुरक्षाका लागि एजेन्सीहरूलाई आग्रह गरेको छ ।

शुक्रवार एक विज्ञप्ति जारी पर्यटन विभागले आगामी केही दिनको मौसम असामान्य रहन सक्ने र हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भन्दै विभिन्न क्षेत्रबाट भएको पूर्वानुमानले पर्यटन क्षेत्र असुरक्षित रहेको सन्देश जान सक्ने भन्दै पर्यटन विभागले सचेत रहन आग्रह गरेको हो ।

'नेपाल सरकार जल, तथा मौसम विज्ञान विभाग साथै विभिन्न देशका मौसम विदहरू समेतले आगामी केही दिनको मौसम असामान्य रहने, हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने साथै पहाडी र तराई क्षेत्रमा भारी वर्षा तथा हावाहुरी आउने पूर्वानुमान गरेको सम्बन्धमा नेपाल सरकार, पर्यटन विभागको ध्यानाकर्षण भएको छ,' पर्यटन विभागकी होटेल तथा पर्वतारोहण शाखा निर्देशक मिरा आचार्यले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपालका विभिन्न क्षेत्रमा भ्रमणमा रहेका तथा पर्वतारोहणका लागि विभिन्न हिमाली क्षेत्रमा गएका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरूले स्थानीय मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्ने प्रबन्ध गराउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा थप उल्लेख गरिएको छ, 'कुनै क्षति हुन नदिने प्रबन्ध गर्नु/गराउनु भई नेपालको पर्यटन क्षेत्र सुरक्षित र विश्वसनीय रहेको सन्देश प्रवाहमा सहयोग गर्नुहुन अनुरोध छ ।'

हेर्नुहोस् विज्ञप्ति - 

salt training

कमेन्ट गर्नुहोस्