०९ साउन २०८३, शनिबार

साउन १ देखि एकल विन्दु सेवा सञ्चालनमा ल्याइने !

बैशाख २०, २०७६
साउन १ देखि एकल विन्दु सेवा सञ्चालनमा ल्याइने !

काठमाडौं– सरकारले शुक्रवार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा आगामी साउन १ गतेदेखि एकल विन्दु सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै उक्त घोषणा गरिन् । ‘आगामी साउन १ गतेदेखि एकल विन्दु सेवा सञ्चालनमा ल्याइने छ,’ उनले भनिन् ।

एकल विन्दु सेवाले उद्योग दर्ता प्रक्रियाका सम्पूर्ण काम एकै ठाउँबाट हुने भएकाले यसलाई उद्योग प्रक्रियामा रहेको झन्झटिलो व्यवस्थाको अन्त्य हुने विश्वास गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्