२८ असार २०८३, आइतबार

विद्युतीय सवारीमा जोड, सार्वजनिक सवारीमा यात्रा कार्डको व्यवस्था

बैशाख २०, २०७६
विद्युतीय सवारीमा जोड, सार्वजनिक सवारीमा यात्रा कार्डको व्यवस्था

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक यातायातमा यात्रा कार्डको व्यवस्था गर्ने लक्ष्य अघि सारेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यदेवी भण्डारीले यस्तो लक्ष्य रहेको बताइन् । ‘सार्वजनिक यातायातका साथमा यात्रा कार्डको व्यवस्था गरिने छ’ संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपतिले भनिन्, ‘ठूलो सार्वजनिक सवारी साधन सञ्चालनलाई प्रोत्साहित गरिने छ ।’

आगामी आर्थिक वर्ष २०७६/०७७ मा विद्युतीय सवारीमा जोड दिने सरकारी लक्ष्य छ ।

‘विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरिने छ’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ- ‘प्रदेश, स्थानीय र निजी क्षेत्रको सहकार्यमा सातै प्रदेशमा विद्युतीय बस सञ्चालनमा ल्याइने छ ।’ 

विद्युतीय बसका लागि पर्याप्त चार्जिङ स्टेसन बनाइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्