१० असार २०८३, बुधबार

राहुल गान्धीको खुल्ला पत्र

बैशाख २०, २०७६
राहुल गान्धीको खुल्ला पत्र

भारतीय काँग्रेसका अध्यक्ष तथा अमेठी निर्वाचन क्षेत्रका उम्मेदवार राहुल गान्धीलाई आफ्ना मतदातालाई शुक्रबार खुल्ला पत्र लेख्नु भएको छ ।

अमेठीका वर्तमान् सांसद समेत रहनुभएका गान्धीले अमेठीलाई आफ्नो परिवार र कर्मभूमिको संज्ञा दिनुभएको छ ।  

जनपक्षीय सरकार बनाउनका लागि पनि आफुलाई फेरी मतदान गरेर बाटो खोलिदिन समेत उहाँले आह्वान गर्नुभएको छ ।

“अमेठी मेरो परिवार जस्तै हो, मेरो अमेठी परिवारले मलाई जहिले पनि सत्यको पक्षमा उभिन साहस दिने गरेको छ, पिडा र आवाजहरूलाई सुन्न प्रेरित गरेको छ,” गान्धीको खुल्ला पत्रमा लेखिएको छ ।  

अध्यक्ष गान्धीले केरलाको वायानाद निर्वाचनबाट पनि उम्मेदवारी दिनुभएको छ । “मैले पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म एकताका लागि प्रयास गरेको छु,” उहाँले भन्नुभएको छ ।    

आफ्नो पार्टीले किसान, महिला, साना व्यापारी, युवा र गरिवहरूका लागि कल्याणकारी काम गर्न चाहेको उहाँको भनाई छ ।  

उहाँले वर्तमान भारतीय जनता पार्टी नेतृत्वको सरकारले भने १५ देखि २० जना उद्योगपतिका लागि मात्रै काम गरेको पनि आरोप लगाउनुभयो । 

भारतमा सात चरणमा हुने लोकसभा निर्वाचनमध्ये अमेठीमा पाँचौ चरणमा यही मे ६ तारिखका दिन मतदान हुन लागेको छ । 

गत अप्रिल ११ देखि सुरु भएको भारतको लोकसभा निर्वाचन यही मे १९ मा सकिने छ । 

salt training

कमेन्ट गर्नुहोस्