११ असार २०८३, बिहीबार

बिहानै ३ बजे प्रहरीले गर्‍यो ठमेलबाट २० बालबालिकाको उद्धार

बैशाख २१, २०७६
बिहानै ३ बजे प्रहरीले गर्‍यो ठमेलबाट २० बालबालिकाको उद्धार
प्रतिकात्मक तस्वीर

काठमाडौं – नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डर एज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई शनिवार बिहान ३ बजे उद्धार गरिएको हो ।  

वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले अपराधजन्य घटनामा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरिएको जानकारी दिए । ‘ठमेलभित्र हुने अपराधजन्य घटनाको जोखिमबाट जोगाउन ती बालबालिकालाई नियन्त्रणमा लिएका हौं,’ उनले भने । 

उद्धार गरिएका बालबालिकालाई उनीहरूका अभिभावकलाई आवश्यक परामर्श गरेर जिम्मा लगाउने वृत्तले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले भने, ‘ठमेल, दरबारमार्ग, नयाँ बसपार्कलगायत जहाँ धेरै बालबालिका जान्छन् त्यस्ता क्षेत्रमा उक्त अभियान चलाउँदै आएका छौं ।’

वृत्तले यसअघि ठमेल क्षेत्रका विभिन्न होटल, रेस्टुराँ तथा क्लबमा काम गर्ने ७८ बालबालिकाको उद्धार गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्