काठमाडौं, ३ पुस– पपुवा न्यु गिनीमा आएको शक्तिशाली भूकम्पपछि आउन सक्ने भनिएको सुनामीको चेतावनी टरेको छ । प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले अब सुनामी आउन सक्ने सम्भावना गरेको जनाएको छ । शनिबार पपुआ न्यु गिनीभन्दा पूर्व रहेको तारोन इलाकामा ७.९ म्याग्निट्युडको भूकम्प गएको थियो ।

सीएनएनले आफ्नो समाचारमा लेखेको छ– पपुवा न्यु गिनीमा शनिबार आएको ७.९ म्याग्निुच्यूडको भूकम्पछि आउन सक्ने सुनामीको सम्भावना अन्त्य भएको प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्र र न्युजिल्याण्ड सरकारले पनि जनाएको छ ।’
शक्तिशाली भूकम्पपछि भएको क्षतिबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।
प्रशान्त महासागरको भूकम्पीय इलाकाहरूमा पपुआ न्यु गिनी पर्ने भएकाले भूकम्प त्यहाँ भूकम्पहरू आइरहेका हुन्छन् ।