
एजेन्सी- बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला आफ्नो हट लुकका कारण चर्चामा छिन् ।
हालै दीपिका मुम्बई विमानस्थलमा देखिएकी थिइन् ।
विमानस्थलको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भाइरल तस्वीरमा उनको हट लुक र लग्जरी ब्याग देखिन्छ ।
उक्त ब्यागको मूल्य सुन्दा तपाईं अचम्ममा पर्नुहुनेछ ।
उनको ब्यागको मूल्य २ लाख ६७ हजार भारु रहेको भारतीय सञ्चारमाध्यम खास खबरमा उल्लेख छ ।