१५ असार २०८३, सोमबार

अमेरिकामा एक विद्यालयमा गोलीकाण्ड, एक विद्यार्थीको मृत्यु

बैशाख २५, २०७६
अमेरिकामा एक विद्यालयमा गोलीकाण्ड, एक विद्यार्थीको मृत्यु

काठमाडौं – अमेरिकाको कोलम्बाइन उच्च विद्यालयनजिक भएको एक गोलीकाण्डमा एकजना विद्यार्थी मारिएको अनि आठजना घाइते भएको अधिकारीहरूले बताएका छन् । 

स्टेम स्कूल हाइल्यान्ड्स –यान्चमा भएको गोलीकाण्डमा दुईजना आरोपित पक्राउ परेका छन् । उक्त विद्यालयमा १८ सय ५० विद्यार्थी पढ्छन् । 

डग्लस काउन्टी शेरिफ टोनी स्परलकले एक आरोपित वयस्क पुरुष र अर्का चाहिँ नाबालक भएको बताएका छन् । 

एकजना आरोपित डेभोन एरिक्सन हुन् । उनी १८ वर्षका छन् । 

आरोपितहरू उक्त विद्यालयका विद्यार्थी भएको स्परलकले बताए । 

कोलम्बाइन उच्च विद्यालयमा भएको गोलीकाण्डको २०औं वार्षिकोत्सव मनाएको केही दिनमा यो घटना भएको छ । 

गोलीकाण्ड दिउँसो २ बजेतिरबाट शुरू भएको अधिकारीहरूले बताए । आरोपितहरू विद्यालयभित्र गएको अनि स्कूलको भित्री भागमा पुगेको र दुईवटा कक्षामा गएर विद्यार्थीहरूलाई गोली हानेको स्परलकले बताए । १८ वर्षीय एक

पुरुष विद्यार्थी स्कूलमा मारिएको शेरिफ कार्यालयकी एक प्रवक्त कोचा हेडनले बताइन् ।

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्