०९ असार २०८३, मंगलबार

नेकपामा आउँछु भन्ने देशैभर छन् : प्रचण्ड

बैशाख २५, २०७६
नेकपामा आउँछु भन्ने देशैभर छन् : प्रचण्ड

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाभित्र आउँछु भन्नेहरू देशैभर रहेको बताएका छन् ।

बुधवार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले धेरै जनाले नेकपामा प्रवेशका लागि अनुरोध गरेको भन्दै त्यसका लागि छुट्टै छलफल चलाइने बताए ।

‘हाम्रो पार्टी एकताको नयाँ प्रक्रिया र नयाँ खुशीतर्फ जाँदैछ,’ प्रचण्डले भने, ‘बाँकी रहेका ठूला साना कम्युनिस्ट पार्टीहरू यही केन्द्रमा आएर एउटी कम्युनिस्ट पार्टी बनाउने, समृद्धिको अभियान चलाउने, समाजवादको आधार तयार पार्ने काममा लाग्नुपर्छ । भन्नका लागि यी कुराहरू सरल छन्, महान् पनि छन् र चुनौतीपूर्ण पनि छन् ।’ 

प्रचण्डले झण्डै दुईतिहाइ मत ल्याएर कम्युनिस्ट पार्टीले सरकार चलाएको धेरैलाई मन नपरेको बताए । ‘कम्युनिस्टले झण्डै दुईतिहाइ मत ल्याएर सरकार चलाएको धेरैलाई मन परेको छैन,’ प्रचण्डले भने, ‘हिजो एकता गर्ने बेलामा पनि यस्तै थियो, आज पनि पार्टीलाई बदनाम गर्ने कामहरू भइरहेका छन् ।’ 

पोलिटब्यूरो गठन, जनवर्गीय संगठनको एकीकरण र अन्य बाँकी रहेका काम छिट्टै सम्पन्न हुने प्रचण्डले बताए । अब केही दिनमा पार्टी सम्पूर्ण रूपमा एक भइसक्ने प्रचण्डको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्