१३ साउन २०८३, बुधबार

सत्ता प्राप्तिका लागि जागरण अभियान संचालन नगरेको नेता रिजालको दाबी

बैशाख २५, २०७६
सत्ता प्राप्तिका लागि जागरण अभियान संचालन नगरेको नेता रिजालको दाबी

काठमाडौँ - नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले काङ्ग्रेसले आजदेखि शुरु गरेको देशव्यापी जनजागरण अभियान सत्ता प्राप्तिका लागि नभई जागरणका लागि भएको बताएका छन् । जनजागरण अभियानअन्तर्गत बुधवार भक्तपुरको दूधपाटीमा आयोजित कार्यक्रममा रिजालले काङ्ग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्ने बताए ।

जनताले सत्तामा पठाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताको चाहनाअनुरुप काम गर्नुपर्ने र जनताको पक्षमा काम गर्न दबाब सिर्जना गर्न अभियान सञ्चालन गरिएको उनको भनाइ थियो । नेता रिजालले काङ्ग्रेस आफैँ भित्रको कलहबाट बाहिर निस्केर बदलिनुपर्ने र सुध्रिनुपर्ने बेला आएको बताए ।

कार्यक्रममा काङ्ग्रेस नेत्री रजनी जोन्छे र काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जनताको चाहनाअनुरुप सरकारलाई काम गर्न दबाब दिनका लागि काङ्ग्रेसले अभियान चाल्नु परेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्