×

NMB BANK
NIC ASIA

वित्तीय बेथिति

सफाइ कर्मचारीको ज्यालामै ‘भ्रष्टाचार’ : ४७ जना काम गर्ने, ७५ जनाको ज्याला झ्वाम !

बैशाख २७, २०७६

NTC
Premier Steels

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा सफाइ कर्मचारीको ज्यालामा भ्रष्टाचार भएको दाबी गरिएको छ ।

Muktinath Bank

उपमहानगर क्षेत्रमा सफाइमा ४७ जना कर्मचारी कार्यरत भएपनि ७५ जनाको नाममा कार्यालयबाट ज्याला बाँडेर भ्रष्टाचार भएको सफाइ कर्मचारीले नै खुलासा गरेका छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्ष २०७५/०७६ को साउन महिनादेखि पुससम्म दैनिक ज्यालादारीमा भर्ना गरिएका सफाइ कर्मचारीको तलब भुक्तानी गर्दा अनियमितता गरिएको आरोप लगाइएको छ । भर्ना गरिएको संख्याभन्दा पनि बढी संख्यामा सफाइ कर्मचारी देखाएर तलब वितरण गरिएको छ ।


Advertisment
Nabil box
Kumari

उपमहानगरपालिकाले भने सफाइ कर्मचारीको सबै विवरण र दिइएको ज्यालाबारे जानकारी उपलब्ध गराएन । उपमहानगरले प्रत्येक दिन ६ सय रुपैयाँ दैनिक ज्याला दिने गरी सफाइ कर्मचारीलाई खटाएको छ ।

Vianet communication

उपमहानगरले सफाइ कर्मचारीका लागि साउन महिनामा १३ लाख ६६ हजार ८ सय रुपैयाँ, भदौंमा १३ लाख ५७  हजार ८ सय रुपैयाँ, असोजमा १३ लाख ६०  हजार ४ सय रुपैयाँ, कात्तिकमा १२ लाख ९६  हजार रुपैयाँ, मंसिरमा १३ लाख २२ हजार ४ सय रुपैयाँ र पुसमा १३ लाख ७२ हजार रुपैयाँ तलबबापत भुक्तानी दिएको उपमहानगरको अभिलेखमा छ । उपमहानगरले औसत ७५ कर्मचारीलाई दैनिक ज्याला दिने गरेको छ ।

सफाइको काम गरेबापत साउनमा ७५ जना, भदौंमा ७५ जना, असोजमा ७५ जना, कात्तिकमा ७२ जना, मंसिरमा ७३ जना, पुसमा ७६ जनालाई दैनिक ज्याला भुक्तानी गरिएको छ ।

हुँदै नभएका सफाइ कर्मचारीको नाउँमा पनि ज्याला उठाएर नगरपालिकाका कर्मचारीले भ्रष्टाचार गरेको सफाइ कर्मचारीले नै पोल खोलेका छन् । १ जना सफाइ कर्मचारीले लोकान्तरसँग भने, ‘हामी जम्मा ४७ जना मात्र ज्यालादारीमा साउनदेखि भर्ना भएका थियौं तर ७५ जनासम्मको तलब भुक्तानी गरेर सफाइ प्रमुख ललन कर्णले भ्रष्टाचार गरेका छन् ।’

सफाई शाखाका प्रमुख ललनकुमार कर्णको सिफारिसमा सफाइ कर्मचारी मेहदी हुसैनले प्रत्येक महिनाको एकमुष्ठ रकम बुझेर सफाइ कर्मचारीलाई तलब वितरण गर्ने गरेका छन् । ती कर्मचारीले कीर्ते औंठाछाप लगाएर ज्याला भुक्तानीको सूची पठाउने गरेको एक कर्मचारीले बताए ।

उपमहानगरपालिकाका लेखापाल दिनेश चौधरीका अनुसार सफाइ शाखा हेर्ने कर्मचारी मेहदी हुसैनको नाउमा एकमुष्ठ चेक काटेर दिने गरिएको छ । ‘हुसैनले बैंक खाताबाट नगद झिकेर सबै सफाइ कर्मचारीलाई नगद नै रकम वितरण गर्ने गर्थें,’ लेखापाल चौधरीले भने, ‘नगद बुझाइएको भरपाई उनले नै प्रमाणित गर्ने काम समेत गर्थे ।’

माघ १० गतेदेखि संघीय सरकारले डोर हाजिरीमा कर्मचारीलाई नखटाउने परिपत्र जारी गरेपछि ज्याला रोक्का गरिएको छ । सफाइ शाखाका कर्मचारी हुसैनले हाल ५६ जना सफाइ कर्मचारी ज्यालादारीमा खटेको भनेर लेखा शाखामा सूची बुझाएको चौधरीले बताए । हुसैन सफाइ शाखाको सुपरीवेक्षण गर्ने कर्मचारी हुन् । अहिले ५६ जनाको सूची आएको भएपनि माघपछि भुक्तानी भने नदिइएको लेखापाल चौधरीले बताए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले भने, ‘सफाइ प्रमुख ललन कर्ण र मेहदी हुसैनले सफाइ कर्मचारीलाई भएको संख्याभन्दा पनि बढी मानिसलाई ज्याला भुक्तानी गरेको कुरा मैले पनि सुनेको छु ।’ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले त्यसको छानबिन गर्नुपर्ने वडाध्यक्ष साहले बताए । 

हुसैनले भने, ‘त्यतिबेला ७७ जना मानिसलाई दैनिक ज्यालादारीमा सफाइ कर्मचारी भनेर माघ १० गतेसम्म खटाइएको थियो । माघ ११ गतेदेखि भुक्तानी नगर्ने भनेपछि धेरैले काम छोडेर गए ।’ हाल ५६ जना सफाइकर्मीले मात्र दैनिक ज्यालादारीमा काम गरिरहेको हुसैनले बताए । आफूले कुनै पनि भ्रष्टाचार नगरेको उनले दाबी गरे ।

सफाई शाखा प्रमुख ललन कर्ण भ्रष्टाचार नभएको दाबी गर्छन् । माघ ११ गतेदेखि दैनिक ज्यालादारीमा रहेका कर्मचारीलाई भुक्तानी नदिने भनेपछि आबेगमा आएर सफाइकर्मीले त्यस्तो आरोप लगाएको उनले बताए । ‘त्यतिबेला ७७ जना सफाइ कर्मचारी खटिएका थियो,’ कर्णले भने, ‘हाल ५६ जना खटिरहेका छन् ।’

उपमहानगरकै एक कर्मचारी भ्रष्टाचार भएको दाबी गर्छन् । भुक्तानी गर्दा गरिएको भरपाईमा एउटा व्यक्तिको नै २ देखि ३ पटकसम्म औंठाछाप लगाइएको उनले बताए । ‘भरपाई गरिएको औंठाछापको नै अनुसन्धान गरियो भने त्यसको पुष्टि हुन्छ,’ ती कर्मचारीले बताए । हाल ५६ जना दैनिक ज्यालादारीबाहेक करारमा १२ जना र स्थायी ३७ जना सफाइकर्मी उपमहानगरमा रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x