काठमाडौं – कडा निर्णय र अनौठा बयान दिनका लागि कुख्यात फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भाषण दिँदै गर्दा उनीमाथि साङ्लो चढेको छ ।
उनकी महिला सहयोगीले नोटबूक लिएर साङ्लो झार्न खोजेको भए पनि त्यो घस्रिएर छातीमा पुग्यो । त्यसमा डुटेर्टेको ध्यान पुगेपछि त्यसलाई तल झारे ।
त्यसपछि राष्ट्रपतिले भाषण जारी राख्दै भने, ‘विपक्षीले यो साङ्लो पठाएको हुनुपर्छ ।’
फिलिपिन्समा मध्यावधि चुनाव हुन लागेको छ र राष्ट्रपति डुटेर्टेले आफ्ना उम्मेदवारहरूका लागि प्रचार गरिरहेका छन् ।
डुटेर्टेले लागूऔषध कारोबारीहरूको हत्या गराएर चर्चा कमाएका छन् । सन् २०१८ को अगस्टमा उनल् ७६ वटा विलासी गाडी र मोटरसाइकलमाथि बुलडोजर चलाएका थिए । ती गाडी गैरकानूनी तरिकाले फिलिपिन्स ल्याइएका ८०० गाडीमध्येका थिए ।
Philippine President Rodrigo Duterte's bugged by cockroach during speech https://t.co/OlSOn8g2XA pic.twitter.com/IWnJTFqcpr
— AFP news agency (@AFP) May 9, 2019
एजेन्सी