२७ जेठ २०८३, बुधबार

जिउँदो अक्टोपस खाने हुँदा भयो बेहाल ! (भिडियो)

बैशाख २७, २०७६
जिउँदो अक्टोपस खाने हुँदा भयो बेहाल ! (भिडियो)

काठमाडौं – एक चिनियाँ ब्लगरले जिउँदो अक्टोपस खाँदै गर्दा अक्टोपसले उनको अनुहारमा आक्रमण गरेको छ । यसको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

५० सेकेन्डको भिडियोमा ब्लगरले शुरूमा त अक्टोपससँग नडराई त्यसलाई जिउँदै खान खोजेको देखिन्छ । 

उनी आफ्ना प्रशंसकलाई भन्छिन्, ‘यसले मेरो रगत नराम्ररी चुस्न खोज्दैछ ।’ पछि पो उनलाई थाहा भयो, अक्टोपसले उनको अनुहार चपाइरहेको रहेछ । अनि उनी चिच्याउन थाल्छिन् । 

उनले आफ्नो अनुहारबाट अक्टोपस हटाउने अनेकौं कोशिश गर्छिन् । उनका लागि यो समय निकै पीडादायी हुन्छ । अनुहार नराम्ररी घाइते हुन्छ । आँखा तन्किएर तलै पुग्छ ।

तर उनी कसोकसो अक्टोपसलाई अनुहारबाट हटाउन सफल हुन्छिन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्