०१ असार २०८३, सोमबार

अमेरिकाको फ्लोरिडास्थित बारमा गोली चल्यो

बैशाख २७, २०७६
अमेरिकाको फ्लोरिडास्थित बारमा गोली चल्यो

वासिङ्टन-संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो । स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

सन् २०१६ मा पनि ओर्लान्डोको एक बारमा गोली चल्दा कम्तीमा ४९ जनाको ज्यान गएको थियो ।

अमेरिकी इतिहासमै बारमा गोली लागेर यतिधेरैको एकैपटक मृत्यु भएको यो पहिलो घटना थियो । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्