२५ जेठ २०८३, सोमबार

कृत्रिम गोडा लगाएर नाच्ने बालकको भिडियो भाइरल

बैशाख २७, २०७६
कृत्रिम गोडा लगाएर नाच्ने बालकको भिडियो भाइरल

काठमाडौं – सामाजिक सञ्जालमा आजकल एक बालकले नाचेको भिडियो भाइरल बनिरहेको छ । 

भिडियोमा देखिएका बालकको नाम अहमद सैयद रहमान हो । उनी अफगानिस्तानमा बस्छन् ।

अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट हुँदा अहमद गम्भीर घाइते बनेका थिए । उनको एउटा गोडा नै गुमेको थियो । 

हालै अफगानिस्तानको इन्टरनेसनल रेडक्रस अर्थोपेडिक हस्पिटल सेन्टरमा अहमदलाई कृत्रिम गोडा दिइएको छ । कृत्रिम गोडा पाएपछि अहमद खुशी छन् । अब उनी दौडिन सक्छन् अनि नाच्न सक्छन् । भिडियोमा पनि उनी नाचेरै आफ्नो खुशी व्यक्त गरिरहेका देखिन्छन् । 

यो भिडियो रोया मुसावी नामक ट्विटर प्रयोगकर्ताले आफ्नो अकाउन्टमा शेयर गरेकी हुन् । भिडियोसँग ट्वीट लेखिएको छ, ‘अहमदलाई आईसीआरसीको अर्थोपेडिक सेन्टरबाट कृत्रिम गोडा उपलब्ध भयो । नाचेर उनी आफ्ना भावना व्यक्त गरिरहेका छन् । यसरी अहमदको जिन्दगी बदलियो र उनी खुशी छन् ।’

यो भिडियोले धेरैजनाको मन छोएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्