१२ असार २०८३, शुक्रबार

नेता आचार्यको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

बैशाख २७, २०७६
नेता आचार्यको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं –नेपाली कांग्रेसले पर्वत पार्टीका पूर्व सचिव सोमलाल आचार्यको निधनमा दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी गत वैशाख २५ गते निधन भएका आचार्यप्रति दुःख व्यक्त गरेका हुन् ।

आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका आचार्य २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जेल फरेका थिए ।

कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा आचार्यले पुर्‍याएको योगदानको स्मरण गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।

कुश्मा नगरपालिका–५ निवासी स्वर्गीय आचार्यका दुई छोरी र दुई छोरा छन् ।

salt training

कमेन्ट गर्नुहोस्