०८ साउन २०८३, शुक्रबार

एनआईसी एशिया बैंकको नयाँ शाखा उद्घाटन

बैशाख २७, २०७६
एनआईसी एशिया बैंकको नयाँ शाखा उद्घाटन

काठमाडौं – ग्रामीण तथा दुर्गम स्थानहरू साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

स्याङ्जाको आँधिखोला गाउँपालिका–५ कृषि स्याङजास्थित कृषि शाखाको अाँधिखोला गाउँपालिकाका प्रमुख सुधिरकुमार पौड्यालबाट २०७६ वैशाख २६ गते भव्य समारोहबीच उद्घाटन गरिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८२ शाखा कार्यालय, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवं २५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकमा प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्