काठमाडौं - बसन्त सापकोटाको शब्द, संगीत तथा स्वर रहेको ‘साईला माया नलाउने भो’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बसन्तसँगै बेनिशा पौडेलको पनि स्वर रहेको छ । बेनिशाले यसअघि ‘आँखैमा लगाउने गाजल सकियो’ बोलको गीत गाएकी थिइन् ।
सार्वजनिक गीतबाट आफू निकै आशावादी रहेको बसन्त बताउँछन् । उनले भने, ‘मेरो धेरै गीतहरुलाई दर्शक(स्रोताले रुचाउनुभएको छ । यस गीतमा पनि मैले निकै मेहनत गरेको छु । आशा छ, यस गीतलाई पनि उहाँहरुले मन पराउनुहुन्छ ।’
त्यस्तै गायिका बेनिशा पनि यस गीतलाई लिएर निकै उत्साहित छिन् ।
शान थापाको निर्देशनमा बनेको भिडियोमा गायिका बेनिशा र प्रदीप बास्तोलाको अभिनय रहेको छ । राजीव समरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।
सार्वजनिक उक्त गीतमा बुद्ध स्याङ्बाको एरेन्ज रहेको छ भने गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।
हेर्नुहोस् भिडियो :