३१ असार २०८३, बुधबार

मिडिया काउन्सिल विधेयक फिर्ता लिन महासङ्घको माग, विरोधका कार्यक्रम सार्वजनिक

बैशाख २७, २०७६
मिडिया काउन्सिल विधेयक फिर्ता लिन महासङ्घको माग, विरोधका कार्यक्रम सार्वजनिक

काठमाडौँ–नेपाल पत्रकार महासङ्घले संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारसमक्ष माग गरेको छ । 

विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अङ्गका रुपमा स्थापित गर्नाका साथै स्वतन्त्र पत्रकारितामाथि अङ्कुश लगाउन खोजेको भन्दै महासङ्घले सो आग्रह गरेको हो । 
 
महासङ्घको आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग माग गरेको छ ।

‘संसद्मा विचाराधीन अवस्थामा रहेका विज्ञापनसम्बन्धी ऐन र सूचना प्रविधिसम्बन्धी ऐनमा प्रेस स्वतन्त्रता विरोधी दफा सच्याउन माग गर्दछौ, साथै मस्यौदा हुँदै गरेका आमसञ्चार ऐन र सार्वजनिक सेवा प्रसारण ऐनका सम्बन्धमा सबै सरोकारवाला पक्षसँग छलफल र सहमति कायम गर्न आग्रह गर्दछौ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । महासङ्घले मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध विभिन्न विरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्