
काठमाडौं- सामाजिक सञ्जालमा हरेक दिन केही न केही भाइरल भइरहेकै हुन्छ । त्यस्तै अहिले एक ह्वेलको सामाजिक सञ्जालमा व्यापक चर्चा छ ।
डेली मेलको रिपोर्टअनुसार नर्वेको ह्यामरफेस्ट हार्बरस्थित समुद्रमा ईशा नाम गरेकी एक युवतीको मोबाइल पानीमा खस्यो ।
मोबाइल पानीमा खसेपछि उनलाई फिर्ता आउनेमा रत्ति पनि भर लागेको थिएन । तर जुन दृश्य देखियो, जसले सबैलाई आश्चर्यचकित पारिदियो ।
एक ह्वेल मुखमा युवतीको मोबाइल च्यापेर पानीमाथि आयो र युवतीलाई फोन फिर्ता दियो । नाउमा बसेकी ईशाको साथीले उक्त दृश्य मोबाइल कैद गरिन् । सोही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । मिडिया रिपोर्ट्का अनुसार ईशा नाउमा साथीहरूसँग शैर गरिरहेकी थिइन् ।