एजेन्सी- बलिउड अभिनेत्री कृति सेनन यतिबेला आफ्नो आइटम गीत 'ऐरा गेरा'का कारण चर्चामा छिन् । कृतिको यो आइटम गीत फिल्म 'कलंक'को हो ।
कृतिको फिल्म लुका छुपीले विश्वभर १२० करोड कमाएको थियो । फिल्ममा कृतिको भूमिकालाई दर्शकले रुचाएका थिए ।
फिल्ममा कृतिसँगै कार्तिक आर्यन पनि देखिएका थिए । यसअघि कृतिको अभिनय रहेको फिल्म 'बरेली की बर्फी' पनि हिट भएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिले कृतिले आफ्नो पारिश्रमिक ४० प्रतिशतले बढाउने निर्णय गरेकी छन् । आफ्नो फिल्म लगातार हिट भएपछि उनले पारिश्रमिक बढाएको बताइएको छ ।
केही दिन पहिला कृति सेनन छुट्टी मनाउन साथीहरूसँग गोवा गएकी थिइन् ।
उनको गोवाको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कृतिको इंस्टाग्राम २ करोड फलोअर्स छन् ।