
काठमाडौं – अमेरिकामा आफ्नै सन्तानलाई बन्धकी राख्न खोज्ने अनौठो घटना सार्वजनिक भएको छ ।
प्रहरीका अनुसार, एक व्यक्तिले पसलमा गएर आफ्नो छोरोलाई बन्धकी राख्ने कोशिश गरेका हुन् । बच्चालाई राखेर कति पैसा पाइन्छ भनी उनले सोधे ।
पिता रिचर्ड स्लोकमले भने, ‘मसँग जम्मा यही छ । यो साढे सात महिनाको छ । यसको मूल्य कति होला जस्तो तिमीलाई लाग्छ ?’
त्यसपछि पसलेले प्रहरीले बोलाए । तर स्लोकमले मजाक गरिरहेको भने ।
पसले रिचर्ड जोर्डनले भने, ‘छोरो बेच्ने विषयमा ऊ निकै गम्भीर थियो । उसले बच्चालाई घुमाउँदै बन्धकी राख्ने हो भनी सोध्यो ।’
बच्चाको सुरक्षाका विषयमा चिन्ता देखाएर जोर्डनले तत्कालै प्रहरी बोलाए । प्रहरीलाई चाहिँ स्लोकमले पसलेसँग मजाक गरेको र त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न खोजेको बयान दिए ।
प्रहरीले उसका विरुद्ध फौजदारी मुद्दा दायर गरेको छैन तर उसको मजाकका कारण प्रहरीको समय र पैसा बर्बाद भएको छ । प्रहरीका अनुसार, स्लोकम एक्लैले बच्चाको रेखदेख गर्छ र यस्तै किसिमका भिडियो बनाएर स्न्यापच्याटमा शेयर गर्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
एजेन्सी