१० असार २०८३, बुधबार

समाजवादी पार्टी र राजपाबीच वार्ता

बैशाख ३०, २०७६
समाजवादी पार्टी र राजपाबीच वार्ता
फाइल तस्बिर

काठमाडौं– नव गठित समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच पुनः वार्ता शुरु भएको छ । 
तत्कालीन संघीय समाजवादी फोरम नेपालले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरी राजपा नेपालसँग वार्ताको प्रक्रिया शुरु गरेको थियो । दुवै दलबीच वार्ताका लागि चिठी आदान प्रदान भएको थियो । तर फोरम नेपालले राजपा नेपालसँग एकीकरण नगरी नयाँ शक्ति नेपालसँग पहिले एकीकरण गरेको छ । 
नयाँ शक्ति नेपालसँग एकीकरण हुनेक्रममा पनि तत्कालीन फोरम नेपालले राजपा नेपालसँग वार्ता गरेको थियो । तर राजपा नेपालले सरकारबाट बाहिरिने सर्त राखेपछि वार्ता प्रक्रिया अगाडि बढ्न सकेको थिएन । 

समाजवादी पार्टी, नेपालका वार्ता समितिमा सदस्य समेत रहेका महासचिव रामसहाय यादवले राजपा नेपालसँग छलफल भइरहेको बताए । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्