काठमाडौं – आइतवारदेखि बिग्रिएको मौसमी अवस्था सोमवार दिउँसो पनि गडबडी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमवार विहान विज्ञप्ति जारी गर्दै विभागले दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहने जनाएको छ ।
‘पश्चिमका थोरै स्थानहरूमा र मध्य र पूर्वका केही स्थानहरूमा मेघगर्जन वर्षाको सम्भावना रहेको छ । मध्य क्षेत्रका केही स्थानहरूमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना छ,’ विज्ञप्तिमा लेखिएको छ ।
यस्तो छ विभागबाट जारी ३ दिनको मौसमी अवस्था :-
बैशाख ३० गते सोमबार
दिउँसो : देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । पश्चिमका थोरै स्थानहरूमा र मध्य र पूर्वका केही स्थानहरूमा मेघगर्जन वर्षाको सम्भावना रहेको छ । मध्य क्षेत्रका केही स्थानहरूमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना छ ।
राति : देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका पहाडी भू–भागहरू र मध्य र पूर्वका केही स्थानहरूमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख ३१ गते मंगलबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राति : देशभरि आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
जेठ ०१ गते मंगलबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरूमा र मध्य र पूर्वका केही स्थानहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
राति : देशभरि आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।