१० असार २०८३, बुधबार

मौसममा लगातार गडबडी : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बैशाख ३०, २०७६
मौसममा लगातार गडबडी : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं – आइतवारदेखि बिग्रिएको मौसमी अवस्था सोमवार दिउँसो पनि गडबडी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमवार विहान विज्ञप्ति जारी गर्दै विभागले दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहने जनाएको छ ।

‘पश्चिमका थोरै स्थानहरूमा र मध्य र पूर्वका केही स्थानहरूमा मेघगर्जन वर्षाको सम्भावना रहेको छ । मध्य क्षेत्रका केही स्थानहरूमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना छ,’ विज्ञप्तिमा लेखिएको छ ।

यस्तो छ विभागबाट जारी ३ दिनको मौसमी अवस्था :-

बैशाख ३० गते सोमबार 

दिउँसो : देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । पश्चिमका थोरै स्थानहरूमा र मध्य र पूर्वका केही स्थानहरूमा मेघगर्जन वर्षाको सम्भावना रहेको छ । मध्य क्षेत्रका केही स्थानहरूमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना छ ।

राति : देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका पहाडी भू–भागहरू र मध्य र पूर्वका केही स्थानहरूमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

बैशाख ३१ गते मंगलबार

दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

राति : देशभरि आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

जेठ ०१ गते मंगलबार

दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरूमा र मध्य र पूर्वका केही स्थानहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । 

राति : देशभरि आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्