१२ असार २०८३, शुक्रबार

कतार एयरवेजद्वारा अत्यावश्यक खाद्य सामाग्री वितरण

बैशाख ३०, २०७६
कतार एयरवेजद्वारा अत्यावश्यक खाद्य सामाग्री वितरण

कतार– रमादानको पवित्र महिनाको अवसरमा, कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गरी काठमाडौंमा अभावमा रहेका परिवारहरूलाई अत्यावश्यक खाद्य सामाग्री प्रदान गरेको छ ।

उक्त कार्यक्रम ११ मे २०१९ शनिवारको दिन काठमाडौंको कमलादीस्थित सीडब्लु पार्टी प्यालेसमा आयोजना गरिएको थियो । 

सो कार्यक्रम मार्फत प्रत्येक परिवारले २५ किलो चामल, ३ किलो चिनी, ५ किलो पिठो, ३ किलो चना, १ किलो नुन, १ किलो सनफ्लावर सिड्स र ५ लिटर सनफ्लावर तेल प्राप्त गरेका छन् ।  

नेपालको लागि कतार एयरवेजका स्थानीय प्रमुख मोहम्मद एल ईमामले भने, 'यहाँ काठमाडौंमा यी परिवारहरूलाई अत्यावश्यक सामाग्री उपलब्ध गराएर सहयोग गर्ने अवसर पाउँदा हामी अत्यन्तै खुशी छौं । कतार च्यारिटीसँगको सहकार्यमा आयोजित यस अभियान नेपालका जनताहरूप्रतिको हाम्रो प्रतिबद्धता प्रदर्शन गर्ने एक माध्यम पनि हो । रमादानको पवित्र उत्सवले अरूलाई दिनुको महत्वको बारेमा हामीलाई स्मरण गराउँछ र हामी काठमाडौंको स्थानीय समुदायलाई सहयोग पुर्‍याउने मौका प्राप्त गर्दा निकै हर्षित छौं ।'
 

salt training

कमेन्ट गर्नुहोस्