०४ असार २०८३, बिहीबार

१०१ वर्षीय बृद्धको आक्रोशः किन सुन्दैन काठमाडौं हाम्रो पीडा ?

कात्तिक २०, २०७४
१०१ वर्षीय बृद्धको आक्रोशः किन सुन्दैन काठमाडौं हाम्रो पीडा ?
रूपन्देही, ३ पुस-प्रदेश–५ टुक्र्याउने संविधान संशोधन विधेयकविरुद्धको आन्दोलन चर्काउन रूपन्देही शंकरनगरका अग्निधर अधिकारी शनिबार बिहानैदेखि सडकमा छन् । निलो टोपीसँगै हरेकृष्ण लेखिएको गलबन्दीमा जब उनी सडकमा उत्रिए, रूपन्देही र आसपासका जिल्लामा जारी आन्दोलनमै नयाँ तरंग ल्याइदियो । उमेरले १०१ वर्ष पूरा गरेका अधिकारी राम्ररी आँखा देख्न र हिँडडुल गर्न पनि सक्दैनन् । तर, सरकारले मिलेर बसेकालाई फुटाउन तराई र पहाडलाई अलग गर्न खोजेको कुराले उनलाई यो वृद्ध अवस्थामा पनि युवा जोस भरिदियो , आजको राजधानी दैनिकले खबर छापेको छ।budho-1

परिवारका सदस्यले आफ्नो ख्याल गर्न दिएको सुझावलाई अस्वीकार गर्दै उनी सडकमा उत्रिए । मभन्दा ठूलो मेरो दश र जन्मभूमि हो, चुप बस्न सक्दिनँ भन्दै उनी यो उमेरमा पनि सडकमा आएका हुन् । संविधान संशोधन विधेयकविरुद्धको दोस्रो चरणको आन्दोलन दोस्रो दिन पुग्दासमेत सरकार माग सुनवाइमा टसमस नभएकोमा अधिकारी जति चिन्तित छन्, उति नै उनमा जनतामाथि सरकारले जे गरे पनि हुन्छ भन्ने दम्भप्रतिको आक्रोश छ । ‘काठमाडौं ९सरकार० ले हाम्रो पीडा कहिल्यै सुनेन, काठमाडौं नब्युँझिएसम्म अब म सडकमै खाना खाएर आन्दोलन गर्छु,’ संशोधन प्रस्तावविरुद्ध सडकमै मेस खडा गरेर आन्दोलन थाल्ने स्थानीय जनतालाई हौसला दिन आन्दोलनमा होमिएका उनले भने, ‘हामीलाई मिलेर बस्न देऊ भनेका हौं, किन सुन्दैन काठमाडौं हाम्रो पीडा रु’ प्रदेश–५ टुक्र्याउने प्रस्तावमा अधिकारीको मात्र होइन, शंकरनगरकै ८६ वर्षीया वृद्धा हिमादेवी आचार्य पनि सडकमा उत्रिएकी छन् ्र

salt training

कमेन्ट गर्नुहोस्