०१ साउन २०८३, शुक्रबार

दिल्लीमा अघिल्लो चुनावभन्दा ५ प्रतिशत कम मतदान, कसलाई फाइदा ?

बैशाख ३१, २०७६
दिल्लीमा अघिल्लो चुनावभन्दा ५ प्रतिशत कम मतदान, कसलाई फाइदा ?

काठमाडौं – भारतको राजधानी दिल्लीमा लोकसभा चुनावको मतदान आइतवार सम्पन्न भइसकेको छ । उम्मेदवारहरूको भाग्य विद्युतीय मतदान यन्त्रमा बन्द भइसकेको छ । 

सबै दलहरूले अहिले गुणा भाग गर्न थालेका छन् । सन् २०१४ को चुनावको तुलनामा ५ प्रतिशत कम मतदान भएकाले यसको असर कसमा पर्छ भनी सबैले तर्क पेश गरेका छन् । 

दिल्लीमा मतपरिणामका हिसाबले मुसलमानबहुल र आरक्षित क्षेत्रमा भएको भारी मतदान महत्त्वपूर्ण मानिएको छ । मुसलमान भोट कांग्रेस र आम आदमी पार्टीमा बाँडिने अनुमान गरिएको छ । भोट बाँडिने डरले दुवै दललाई सताएको छ । 

तैपनि दुवै दलले आफ्नो जीत हुने दाबी गरिरहेका छन् । दिल्लीमा यसपालि ६०.५ प्रतिशत मतदान भएको छ । 

कांग्रेस र आपका सूत्रहरूले बताएअनुसार, भोट बाँडिदा भाजपालाई फाइदा पुग्ने विषयले चिन्ता जन्माएको छ । तर कांग्रेसले पहिलेको भन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको छ । 

मतदाता सर्वेक्षणमा आप सरकारले दिल्लीमा केही राम्रो गरेको बताएपनि लोकसभा चुनावमा राष्ट्रिय मुद्दा महत्त्वपूर्ण हुन्छन् । तर केही भोटरले चाहिँ अरविन्द केजरीवालको पार्टीलाई भोट दिएको किनकि उनले राजधानीमा विकासको काम गरेको बताएका छन् । 

विशेषज्ञहरूले भोटर र उम्मेदवारबीच कमजोर सम्पर्कका कारण भोटिङ प्रतिशत घटेको बताएका छन् । दिल्ली विश्वविद्यालयमा राजनीतिशास्त्र अध्यापन गर्ने रवि रञ्जनले भने, ‘चुनाव प्रचारका क्रममा ठूला नेताहरूका तुलनामा

उम्मेदवारहरू कतै हराए अनि स्थानीय मुद्दालाई सही तरिकाले उठाइएन । त्यसबाहेक गर्मीका कारण मानिसहरू भोट हाल्न घरबाहिर निस्केनन् ।’

चुनावमा मध्यम वर्गका मतदाताहरू तीन दलमा बाँडिएको देखिए । भाजपाका लागि मत दिनेहरूले मोदी र राष्ट्रिय सुरक्षालाई ध्यान दिए । आपलाई भोट दिनेहरूले दिल्ली सरकारबाट भएको शिक्षा र स्वास्थ्यको कामबाट प्रभावित भएको बताए । उता कांग्रेस भने केन्द्रमा सरकार परिवर्तन गर्नुपर्ने एजेन्डा लिएर जनतामाझ पुग्यो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्