
काठमाडौं- प्रभु बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको ढुंगेधारामा सञ्चालनमा ल्याएको छ ।
सोमवार बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।
प्रभु बैंक लिका सञ्चालक समितिका अध्यक्ष देविप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको ढुंगेधारा शाखाकार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य राखेका थिए ।
सोमवारदेखि सञ्चालनमाआएको प्रभु बैंकको ढुंगेधारा शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरू, कम्पनी तथा संघ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।