२७ जेठ २०८३, बुधबार

चट्याङ लागेर महिलाको मृत्यु

बैशाख ३१, २०७६
चट्याङ लागेर महिलाको मृत्यु

मोरङ- हावाहुरीसँगै परेको चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका–४ मा मंगलवार एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर ५० वर्षीया सञ्जुदेवी गनगाई सिंहको मृत्यु भएको हो ।

चट्याङका कारण सिंहका परिवारका सदस्य ५० वर्षीय बुधलाल सिंह र १५ वर्षीय सुरेश सिंह घाइते भएका छन् । घाइते दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर लगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्