०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले गरे सिल्भर पेगोडा भ्रमण

बैशाख ३१, २०७६
प्रधानमन्त्री ओलीले गरे सिल्भर पेगोडा भ्रमण

नोम पेन्ह- प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित मंगलवार सिल्भर पेगोडा भ्रमण गरेका छन् ।

वाट प्रिया केओ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भुइँका लागि प्रख्यात छ जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ ।

सिल्भर पेगोडासम्म जाने भर्‍याङ इटालेली सिङमर्मरद्वारा बनेको छ । सन् १८९२ मा राज नोरोदोमका पालामा पहिले काठबाट बनाइएको सो पेगोडा सन् १९६२ मा पुनःनिर्माण गरिएको  थियो ।

यो कम्बोडियाको प्रसिद्ध हेर्नलायक दर्शनीय संरचना हो । प्रधानमन्त्री ओली र उनको प्रतिनिधिमण्डलले सो पेगोडाको शैली र वैभवताको अभिरुचिपूर्वक अवलोकन गरेका थिए । -विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी

salt training

कमेन्ट गर्नुहोस्