
काठमाडौं – सामाजिक सञ्जालमा अहिले एउटा जुत्ताका विषयमा खुबै चर्चा चलिरहेको छ । जुत्ताको तस्वीर शेयर गरेर यसको रंगका विषयमा प्रश्न गरिएको छ ।
जुत्ताको रंगले मानिसको दिमागमा भ्रम उत्पन्न गरेको छ । कसैले यो जुत्ता गुलाफी भएको अनि कसैले चाहिँ यो खैरो भएको बताइरहेका छन् ।
थट्स फर लाइफ नामक फेसबूक पेजले यो तस्वीर शेयर गरेको हो । यसमा ९१ हजारभन्दा बढी लाइक र चार लाखभन्दा बढी आएको छ ।
एक महिलाले कमेन्ट गरिन्, ‘मैले जुत्तामा खैरो र हरियो रंग देखें अनि मेरा पतिले गुलाफी र सेतो रंग देखे ।’
फेसबूक पेजमा तस्वीर राखेर दाबी गरिएको छ – ‘तपाईंको देब्रे मस्तिष्क प्रबल छ भने जुत्ताको रंग खैरो र हरियो देख्नुहुन्छ अनि दाहिने मस्तिष्क प्रबल छ भने गुलाफी र सेतो देख्नुहुन्छ ।’
एजेन्सी