३१ जेठ २०८३, आइतबार

बेहुला बेहुलीलाई बेवास्ता गरेर आईपीएलको फाइनल हेर्न थाले पाहुनाले (भिडियो)

बेहुला बेहुलीलाई बेवास्ता गरेर आईपीएलको फाइनल हेर्न थाले पाहुनाले (भिडियो)

काठमाडौं – कुनै पनि विवाह समारोहमा दुलाहा र दुलही आकर्षणको केन्द्र बन्ने गर्छन् । तर भारतमा भएको एउटा विवाह समारोहमा बेहुला बेहुलीमा कसैको पनि ध्यान गएन । विवाहमा आएका पाहुनाहरू आईपीएलको फाइनल पो हेर्न थाले । 

आइतवार मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच भएको आईपीएलको फाइनलकै बेलामा विवाह समारोह परेपछि पाहुनाहरू समारोहस्थलमा टीभीमा झुण्डिएका थिए । 

भिडियोमा देख्न सकिन्छ, पाहुनाहरू खेल हेर्न मस्त छन् अनि मुम्बईले जितेपछि उनीहरू हर्षोल्लास मनाउन थाल्छन् । बेहुला र बेहुली भने स्टेजमा छन् अनि केही मान्छे मात्र उनीहरूसँग देखिन्छन् । 

यो भिडियोले मुम्बई इन्डियन्स टीमको ध्यानाकर्षण गरेपछि उसले आफ्नो आधिकारिक टिवटर ह्यान्डलमा क्रिकेट मेरी जान भन्ने क्याप्सन सहित भिडियो शेयर गरेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्