काठमाडौं – चीनको शांघाईमा एक व्यापारिक भवन भत्किँदा पुरिएर मर्नेको संख्या १० पुगेको छ ।
भवनको पुनर्निर्माणको काम चलिरहेको बेलामा बिहीवार मध्यदिनमा भत्केको थियो । त्यसक्रममा निर्माण मजदूरहरूले पक्की खम्बा र काठका बीमले थिचिएका थिए ।
भग्नावशेषमा २५ जना फेला परेको अधिकारीहरूले बताए । तीमध्ये १० जनाको मृत्यु भएको हो ।
शांघाई सरकारले सामाजिक सञ्जालमा उक्त भवनमा पुरिएर अन्य व्यक्ति हराइरहेको विषयमा केही स्पष्ट पारेन र उद्धार कार्य लगभग सकिएको लेख्यो ।
स्वास्थ्य कर्मचारीहरूले घाइतेको उपचारमा पूर्ण प्रयास लगाएको घोषणामा उल्लिखित छ ।
चीनमा प्रायः भवनहरू भत्किरहेका हुन्छन् र निर्माणका क्रममा दुर्घटनाहरू भइरहेका हुन्छन् । भवन निर्माताहरूले लापरलुपर गर्ने अनि सुरक्षा नियमलाई व्यापक तोड्ने क्रम जारी छ ।
एजेन्सी