०३ साउन २०८३, आइतबार
मुख्य समाचार

१२८ मुलुकसँग नेपालले गर्छ घाटाको व्यापार, नर्स पक्राउ

१२८ मुलुकसँग नेपालले गर्छ घाटाको व्यापार, नर्स पक्राउ

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा (एमाले) को पुरानो कार्यालय मदननगर, बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा ती नेतृत्वको नामावली सार्वजनिक गरिएको हो ।

पार्टीका महासचिव विष्णु पौडेलले बिहीबार सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार ती २१ वटा जनसङ्गठनको नाम, संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको सङ्ख्या सार्वजनिक गरेका हुन् । 

घोषित विवरणअनुसार अखिल नेपाल किसान महासङ्घको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठनको संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, युवा सङ्घ नेपालको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल छन् । 
 
अखिल नेपाल महिला सङ्घको संयोजकमा अमृता थापा र सहसंयोजकमा सीता पौडेल, ट्रेड युनियन महासङ्घ नेपालको संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा, प्रेस सङ्गठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेत चयन भएका छन् । 
 
यसैगरी नेपाल बुद्धिजीवी सङ्गठनका संयोजक डा दिनेशचन्द्र देवकोटा, सहसंयोजकमा कृष्ण केसी, पेशागत महासङ्घ नेपालको संयोजकमा विश्वनाथ प्याकुरेल र सहसंयोजकमा दयाराम बस्याल, जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सूर्य पौडेल (सरल सहयात्री) छन् । 

त्यस्तै नेपाल मुस्लिम सङ्गठनको संयोजकमा सिराज महम्मद फारुकी, सहसंयोजकमा अत्तहर हुसेन फारुकी, नेपाल दलित मुक्ति सङ्गठनको संयोजकमा तिलक परियार, सहसंयोजकमा ओमबहादुर विश्वकर्मा, आदिवासी जनजाति महासङ्घको संयोजक सुरेश आलेमगर र सहसंयोजकमा शेरबहादुर तामाङ, नेपाल अपाङ्ग सङ्गठनको संयोजकमा इन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुङ्गाना, खेलकूद महासङ्घ नेपालको संयोजकमा पुरुषोत्तम पौडेल र सहसंयोजकमा शिव कोइराला घोषित भएका छन् । 

यसैगरी उद्योग–व्यवसायी महासङ्घको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजकमा श्याम पाठक, प्रवासी नेपाली मञ्च (भारत)मा संयोजक लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी, नेपाल भूमिहीन सुकुम्वासी सङ्गठनको संयोजकमा रामप्रीत पासवान र सहसंयोजकमा पदम देवकोटा, भूतपूर्वसैनिक तथा प्रहरी सङ्गठनको संयोजकमा धनबहादुर चन्द र सहसंयोजकमा जीवन बुढा, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल रहेका छन् । 

नेपाल कानून व्यवसायी सङ्गठन, नेपाल निर्माण व्यवसायी सङ्गठन र नेपाल इञ्जिनीयर सङ्गठनको यसअघि नै एकता सम्पन्न भइसकेको थियो । 

भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त 

पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ । 
    
इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका थिए, तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा करीब पाँच नेपाली घाइते भएका थिए । 

किनमेल गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको स्वीकार्दै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले दोषीलाई कारवाहीका लागि भारतको सहोदरवा थानालाई अनुरोध गरेको बताए ।


सो घटनालाई लिएर कुटपिट गर्ने समूहमाथि आवश्यक कारवाहीको माग गर्दै पीडितहरुले भारत भिखना ठोरीस्थित सुभद्रा थानामा उजुरी दिएपछि भारतीय सीमा सुरक्षा बल (एसएसवी), सुभद्रा थानाका अधिकारी र नेपाली सुरक्षाकर्मीसँग घटनाबारे छलफल गरिरहेको बताइएको छ । 

 ११ नर्स पक्राउ

    आफ्ना विभिन्न माग राखेर अनशनसहितको आन्दोलनमा उत्रिएका भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय (मानव अङ्ग) प्रत्यारोपण केन्द्रका ११ जना नर्सलाई प्रहरीले पक्राउ गरेको छ । 

    शान्तिपूर्ण धर्नामा बसेका ११ जना नर्सलाई महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरीले पक्राउ गरेको हो । आन्दोलनको नेतृत्वकर्ता नर्स त्रजिना जतीले बिरामीको सेवा शुरु राख्दै शान्तिपूर्ण धर्नामा बसेका नर्सलाई अस्पताल प्रशासनले प्रहरी लगाई पक्राउ गरेको बताइन् । 

    जतीका अनुसार  आन्दोलनरत नर्सले राति ड्यिुटीमा रहेका नर्सलाई भित्रबाट बाहिर आउन नदिएको र बाहिरबाट नर्सलाई भित्र जान नदिइ धर्नामा बसेका थिए । 
    पक्राउपर्नेमध्ये शान्ति कुमाल, अनु शाही, शर्मिला लामा, मिना गर्बुजा, रविता सुवाल, सजिना मान्नधर, मुना श्रेष्ठलाई प्रहरीवृत्त जगातीको हिरासतमा र सविता श्रेष्ठ, सङ्गीता मङ्ग्राती, सजना देउला र त्रजिना जतीलाई प्रहरीवृत्त थिमिको हिरासतमा राखेको छ । गत वैशाख ११ गतेदेखि आन्दोलनमा उत्रिएका नर्सलाई अस्पताल प्रशासनले पक्राउ गर्न लगाई तेस्रोपटक हिरासतमा पु¥याएको हो । 

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो 

    शुक्रबार मध्यरातदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलको साविक मूल्यमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइ समायोजन गरिएको आयल निगमले जनाएको छ । 

सैनिक जवानको मृत्यु

चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ ।
 
    बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

चिया मजदूरको आन्दोलन
तोकिएबमोजिमको ज्याला तत्काल लागू गर्न श्रममन्त्री गोकर्ण विष्टले निर्देशन दिएपछि चिया श्रमिक काममा फर्किने भएका छन् । इलामस्थित कन्याम चिया बगानमा चिया श्रमिकसँग कुरा गर्दै उनले कानूनले तोकबमोजिमको ज्याला उपलब्ध गराउने बताएकाले श्रमिकहरू काममा फर्किने भएका हुन् । 

चिया श्रमिकको समस्या बुझ्न यहाँ आइएका मन्त्री विष्टले कानूनभन्दा माथि कोही नभएकाले जसरी पनि श्रमिकले नयाँ श्रम ऐनअनुसार ज्याला पाउनुपर्ने र ज्याला दिलाउन आफूसमेत प्रतिबद्ध रहेको बताएका थिए । 

दासढुङ्गामा स्मृतिसभा 

मदन भण्डारी र जीवराज आश्रित चढेको जीप दुर्घटना भएको स्थल दासढुङ्गामा शुक्रबार स्मृतिसभा आयोजना गरिएकोे छ । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रित चढेको जीप २०५० साल जेठ ३ गते कविलासको दासढुङ्गाबाट त्रिशूलीमा खसेर उनीहरुको निधन भएको थियो । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन शाखाले पहिलो पटक स्मृतिसभा आयोजना गरेको हो । 
विसं २०५० जेठ ३ गते पोखरामा भएको पार्टीको भेला सकेर भोलिपल्ट पूर्वी चितवनको चैनपुरमा हुने अखिल नेपाल महिला सङ्घको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आउने क्रममा उनीहरु चढेको जीप दुर्घटनामा परेको थियो । आश्रितको शव घटनास्थल नजीकै भेटिएको थियो भने भण्डारीको शव पश्चिम चितवनको गाँजापुरमा फेला परेको थियो । 

गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १५ देखि

    प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन यही जेठ १५ गते आह्वानका लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । 
    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रहरीलाई मोटरसाइकल खरीदका लागि रु ९२ लाख छुट्याइएको छ । सरकारले छुट्टै अफ्सेट प्रेस सञ्चालनका लागि विनियोजित रु एक करोडमध्येबाट सो रकम रकमान्तर गरी मोटरसाइकल खरीदका लागि दिने निर्णय भएको मन्त्री बस्नेतले बताए । 

१५१ देशसँग व्यापार, २३ मा नाफा

    नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको चालू आवको नौ महीनाको विवरणमा १२८ मुलुकसँग व्यापार घाटामा रहेको छ । व्यापार नाफामा रहेका मुलुकको कारोवार भने असाध्यै न्यून छ । नाम मात्रैको व्यापार ती देशसँग भएको विवरणमा उल्लेख छ । 

    छिमेकी देश चीन र भारतसँगको व्यापार घाटाको मात्रा सबैभन्दा बढी रहेको छ । भारतबाट रु छ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार बराबरको सामान आयात भएको छ । नेपालबाट रु ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार बराबरको मात्रै निर्यात भएको छ ।

    निर्यातभन्दा आयातको मात्रा बढी भएका कारण भारतसँग ठूलो परिमाणमा व्यापार घाटा भएको देखिन्छ । भन्सार विभागको विवरणका आधारमा हेर्ने हो भने भारतसँग रु छ खर्ब ४२ अर्ब ६७ करोड १७ लाख ३९ हजार बराबरको व्यापार घाटा रहेको छ । 

    राप्रपा समाचार

    राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकारसँग जारी वार्तालाई सकारात्मकरुपमा लिँदै यथाशीघ्र चाँडो दोस्रो चरणको वार्ता प्रारम्भ गर्न पार्टी वार्ता समितिलाई निर्देशन दिएको छ । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धूम्रबाराहीमा बसेको पार्टीको विशेष बैठकमा पार्टी र नेपाल सरकारबीचको वार्ताका सम्बन्धमा पार्टीका वरिष्ठ नेता दीपक बोहराले बैठकलाई जानकारी दिएका थिए । 
    
    बैठकमा जनसङ्घर्षको पहिलो चरणको समीक्षा र दोस्रो चरणको तयारीका सन्दर्भमा संयोजक तथा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्गबाट प्रस्तुत प्रतिवेदनमाथि विस्तृत छलफल र समीक्षा भएको पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 

प्रम चढेको हेलिकप्टर आकस्मिक अवतरण

    प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ । कपिलवस्तु जाने क्रममा प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न शुक्रबार ४ः ५० बजे अवतरण गरेको हो । 

    उनी ४० मिनेट ब्यारेकमा रोकिएर  लुम्बिनी प्रस्थान गरेका थिए ।   

    हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । 
 नयाँ मूल्यअनुसार काठमाडौँको खुद्रा बिक्री मूल्य पेट्रोलमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा ९७ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको उनले बताए । 

धादिङलाई केन्द्रविन्दु बनाएर भूकम्प

    धादिङको नलाङ र कुम्पुर क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार  ५ रिक्टर स्केलको परकम्प गएको छ ।  उक्त परकम्प ‘गोरखा भूकम्प’ कै परकम्प भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्