
काठमाडौं- आइतवार सुनचाँदीको भाउ घटेको छ ।
शुक्रवार तोलामा ६० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतवार तोलामा २ सयले घटेर ६० हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन तोलामा ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने तोलाको ७१० रुपैयाँमा किनबेच भइरहेको छ ।